|
उहाँको स्वरूपमा बढ्दै जानु — हितोपदेश १ :७उहाँको स्वरूपमा बढ्दै जानु — हितोपदेश १ :७ हामीलाई हितोपदेशको पुस्तकको शुरुमा नै यो पुस्तक दाऊदका छोरा सोलोमनले लेखेका हुन् भन्ने कुरा प्रष्ट दिइएको छ । इस्राएलका राजा सोलोमनको शुरुको जीवन र पछीको जीवनबाट हामीले गहन शिक्षा लिन सक्छौं । हामीले आफ्नो जीवनलाई जस्तो बनाउन चाहन्छौं त्यस्तो गर्न सक्दैनौँ । खराब प्रभावले दुष्ट मानिसको रूपमा वा असल कामको निम्ति परमेश्वरमा आफूलाई समर्पण गर्नु पर्दछ । आजको वचनमा भय भन्ने शब्दले आदर र आज्ञाकारितालाई जनाउँदछ । हामी परमेश्वरमा भय राख्छौं भने उहाँको बचनमा आज्ञाकारी हुन सक्छौं । उहाँले हामीलाई छान्ने अवसर दिनुभएको छ । प्रत्येक मानिसले आफूलाई के बनाउने हो सो निर्णय गर्न सक्छ । यदि हामीले दिन प्रति दिन येशूलाई हेर्दछौं भने हामी उहाँको स्वरूपमा बढ्दै जान्छौं । उहाँको महिमाको समयमा हामी पूर्ण पारिनेछौं । आजको विचार : हामी परमेश्वरको वचनलाई आफ्नो हृदयमा लेखेर राखौं । |
|||||||||||||||||||||||||||||||||||||||||||||||||


